
सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको छ।

प्रदेशका अर्थमन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब तथा भत्तामा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका हुन्।

नयाँ निर्णयसँगै प्रदेशका कर्मचारीहरूले आगामी आर्थिक वर्षदेखि बढेको तलब सुविधा पाउने भएका छन्। बजेटमार्फत गरिएको यो निर्णयले कर्मचारीको मनोबल उच्च हुने अपेक्षा गरिएको छ।

































