सुदूरपश्चिमको बजेट वक्तव्य १८ घण्टापछि सार्वजनिक, खर्च विवरण अझै गोप्य

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत गरेको झन्डै १८ घण्टापछि मात्रै सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले सोमबार मध्यराति प्रतिपक्षको बहिष्कारबीच ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।

CP Hospital Dhangadhi

सार्वजनिक गरिएको बजेट वक्तव्यमा कुल बजेटको आकार उल्लेख भए पनि चालु खर्च, पुँजीगत खर्च तथा मन्त्रालयगत विनियोजनको विस्तृत विवरण अझै समावेश गरिएको छैन। बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण तथ्यांक नखुलाइएकाले पारदर्शितामाथि प्रश्न उठ्न थालेको छ।

आर्थिक मामिला मन्त्रालयले भने केही प्राविधिक कारण का कारण बजेट वक्तव्य सार्वजनिक गर्न ढिलाइ भएको जनाएको छ। तर, सार्वजनिक गरिएको पूर्णपाठमा समेत छुटेका विवरण समावेश नगरिएकाले बजेटको विस्तृत संरचना अझै अस्पष्ट बनेको छ।

nawajiwan
Attariya Hospital

यसबीच बजेटका प्राथमिकता, मन्त्रालयगत विनियोजन र खर्चको प्रकृतिबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सरकारमाथि दबाब बढिरहेको छ।