रास्वपा सुदूरपश्चिमको नयाँ नेतृत्व चयन, प्रकाश बिष्ट सभापतिमा निर्वाचित

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ। सम्पन्न प्रदेश अधिवेशनबाट प्रकाश बिष्ट प्रदेश सभापतिमा निर्वाचित भएका हुन्। बिष्टको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति गठन भएसँगै अन्य पदाधिकारीहरूको पनि टुंगो लागेको छ।

CP Hospital Dhangadhi

निर्वाचन परिणामअनुसार भोजराज जोशी (क्वालिटी) उपसभापति, सन्तोष जोशी महामन्त्री, पारस बाहुन र जसु भट्ट सह–महामन्त्रीमा निर्वाचित भएका छन्। त्यसैगरी गणेश बोहरा कोषाध्यक्ष तथा तेज ठकुल्ला प्रवक्ताको जिम्मेवारीमा चयन भएका छन्।

Attariya Hospital

नवनिर्वाचित नेतृत्वले संगठन विस्तार, पार्टीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुदूरपश्चिममा रास्वपाको संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएको छ। प्रदेशभर संगठन सुदृढ गर्ने, कार्यकर्ताबीच समन्वय बढाउने र जनताका मुद्दालाई प्रभावकारी रूपमा उठाउने लक्ष्यसहित नयाँ कार्यसमितिले काम गर्ने जनाएको छ।

nawajiwan

पार्टी स्थापना कालदेखि सक्रिय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा सम्पन्न अधिवेशनमा आगामी राजनीतिक रणनीति, संगठनात्मक योजना र प्रदेशस्तरीय गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ। नयाँ नेतृत्व चयनसँगै सुदूरपश्चिममा रास्वपाको संगठन विस्तार र राजनीतिक सक्रियता अझ बढ्ने अपेक्षा गरिएको छ।