अमेरिका–इरान तनाव : होर्मुज जलडमरूको नियन्त्रणले विश्व अर्थतन्त्रमा बढायो चिन्ता

Image
Nisarga Hospital

अमेरिका र इरानबीच सम्भावित परमाणु सम्झौताका लागि कूटनीतिक प्रयास तीव्र भइरहेका बेला अमेरिकी गुप्तचर निकायहरूले इरानको सामरिक क्षमताबारे गम्भीर चेतावनी दिएका छन्। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार हालैको सैन्य टकरावपछि इरानले विश्वकै प्रमुख तेल आपूर्ति मार्ग होर्मुज जलडमरू आवश्यक परे बन्द गर्न सक्ने क्षमता उल्लेखनीय रूपमा सुदृढ बनाएको मूल्याङ्कन गरिएको छ। अमेरिकी अधिकारीहरूले यस क्षमतालाई परमाणु हतियारभन्दा पनि प्रभावकारी रणनीतिक दबाबको माध्यम मान्न थालेका छन्।

CP Hospital Dhangadhi

प्रतिवेदनअनुसार इरानले नौसैनिक मिसाइल, समुद्री सुरुङ, तीव्र गतिका आक्रमणकारी डुङ्गा तथा भूमिगत सैन्य संरचनाको सहायताले नाकाबन्दीलाई प्रभावकारी बनाउन सक्ने अवस्था सिर्जना गरेको छ। साथै, यमनस्थित हुथी विद्रोहीमार्फत बाब–अल–मन्देब जलडमरूमा समेत दबाब सिर्जना गर्न सक्ने सम्भावनाले विश्वव्यापी तेल आपूर्ति र समुद्री व्यापारमा ठूलो जोखिम बढाएको छ। यी दुवै जलमार्ग प्रभावित भए विश्वको झण्डै ३५ प्रतिशत समुद्री व्यापार र तेल ढुवानी अवरुद्ध हुन सक्ने चेतावनी दिइएको छ।

Attariya Hospital

यद्यपि शुक्रबार प्रारम्भिक सम्झौतामा हस्ताक्षर हुने तयारी भइरहेको बताइए पनि अन्तर्राष्ट्रिय ढुवानी क्षेत्र अझै आश्वस्त छैन। विश्वकै ठूलो ढुवानी सङ्गठन बिमकोले समुद्रमा बिछ्याइएका सुरुङ पूर्ण रूपमा हटाएर सुरक्षा सुनिश्चित नभएसम्म व्यापारिक जहाजको नियमित आवतजावत सहज नहुने जनाएको छ। हाल पर्सियन खाडी क्षेत्रमा करिब ११८ तेल ट्याङ्कर प्रभावित रहेको तथ्याङ्कले पनि संकट अझै गम्भीर रहेको संकेत गरेको छ।

nawajiwan