इरान–अमेरिका तनाव अन्त्यतर्फ, ट्रम्प–पेजेशकियानबीच ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर

Image
Nisarga Hospital

इरान र अमेरिकाबीच लामो समयदेखि जारी तनाव तथा सम्भावित युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको समझदारीपत्र (एमओयू) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसुद पेजेशकियानले हस्ताक्षर गरेका छन्। दुवै देशका विदेश मन्त्रालय र ह्वाइट हाउसले डिजिटल माध्यमबाट हस्ताक्षर सम्पन्न भएको पुष्टि गरेका छन्।

CP Hospital Dhangadhi

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईका अनुसार हस्ताक्षर डिजिटल रूपमा भइसकेकाले स्विट्जरल्यान्डको जेनेभामा कुनै औपचारिक समारोह नहुने भए पनि वार्ता टोलीहरू शुक्रबार जेनेभामा भेट्ने कार्यक्रम यथावत् छ। समझदारीअनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा केन्द्रित वार्ता अघि बढाइनेछ। राष्ट्रपति ट्रम्पले भने उक्त समयसीमा अन्तिम नभएको स्पष्ट पारेका छन्।

Attariya Hospital

ह्वाइट हाउसका अनुसार इरानको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि करिब ३०० अर्ब अमेरिकी डलरको कोष प्रस्ताव गरिएको छ, जसमा क्षेत्रीय साझेदारहरूको लगानी रहनेछ। इरानले पनि समान परिमाणको लगानी भित्रिने जनाएको छ।

nawajiwan

सम्झौतामा इरानको मिसाइल तथा प्रतिरक्षा कार्यक्रम समावेश गरिएको छैन। बाघाईले रक्षा क्षमता कुनै पनि वार्ताको विषय नबन्ने स्पष्ट पारेका छन्। ट्रम्पले सर्त उल्लंघन भए कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्। यद्यपि दुवै पक्षले युद्ध अन्त्य र क्षेत्रीय स्थायित्वलाई प्राथमिकता दिने संकेत गरेका छन्।