स्टार्टअप ऋण कार्यक्रममा अस्वीकृत भएपछि स्पष्टीकरण माग्दै गोदावरी आविष्कार केन्द्र

Image
Nisarga Hospital

अत्तरियाः  विज्ञान, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा कार्यरत गोदावरी आविष्कार केन्द्र ले नेपाल सरकारको स्टार्टअप ऋण कार्यक्रममा आफू छनोट नभएको विषयमा आधिकारिक जानकारी माग गरेको छ।

CP Hospital Dhangadhi

केन्द्रका अनुसार स्टार्टअप ऋण कार्यक्रमअन्तर्गत प्रस्ताव पेश गरिएको भए पनि छनोट सूचीमा समावेश हुन सकेन। यस सम्बन्धमा जानकारी लिन सम्बन्धित कार्यालयमा टेलिफोन सम्पर्क गर्दा आधिकारिक अस्वीकृति पत्र प्राप्त गर्न काठमाडौंमा व्यक्तिगत रूपमा उपस्थित हुनुपर्ने जानकारी दिइएको केन्द्रले जनाएको छ।

Attariya Hospital

कैलालीबाट काठमाडौंको दूरी करिब ७०० किलोमिटरभन्दा बढी रहेको भन्दै केन्द्रले यस्तो प्रक्रिया दुर्गम तथा राजधानी बाहिरका आवेदकका लागि चुनौतीपूर्ण हुने उल्लेख गरेको छ। केन्द्रले अस्वीकृतिको कारण लिखित रूपमा उपलब्ध गराउन तथा सरकारी सेवाहरूलाई थप पारदर्शी र पहुँचयोग्य बनाउन माग गरेको छ।

nawajiwan

गोदावरी आविष्कार केन्द्रले विद्यालय तथा युवाहरूमा विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तन प्रवर्द्धन गर्दै आएको छ। संस्थाले आफू किन अयोग्य ठहरियो भन्ने स्पष्ट जानकारी पाए आगामी कार्यक्रमहरूमा आवश्यक सुधार गर्न सहज हुने जनाएको छ। यस विषयमा सम्बन्धित सरकारी निकायबाट हालसम्म औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।