गोदावरी–१ मा सामुदायिक विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न, घण्टेश्वर र गुहेश्वरीको उत्कृष्ठ प्रदर्शन

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. १ को आयोजनामा घन्टेश्वर माध्यमिक विद्यालयमा सामुदायिक विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वडा नं. १ अन्तर्गतका भागेश्वर, घन्टेश्वर र गुहेश्वरी माध्यमिक विद्यालयबीच भएको प्रतिस्पर्धाले विद्यार्थीहरूमा रहेको प्रतिभा उजागर गर्नुका साथै आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाएको छ।

CP Hospital Dhangadhi

वडा कार्यालयको प्रायोजनमा सम्पन्न उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमार्फत आत्मविश्वास, नेतृत्व क्षमता र सिर्जनात्मक क्षमताको विकास गराउनु रहेको आयोजकले जनाएको छ।

nawajiwan

हाजिरी जवाफ प्रतियोगितामा घन्टेश्वर माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै १३ अंकका साथ प्रथम स्थान हासिल गरेको छ। त्यस्तै गुहेश्वरी माध्यमिक विद्यालय ८ अंक सहित दोस्रो स्थानमा रह्यो भने भागेश्वर माध्यमिक विद्यालय ६ अंक प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएको छ।

Attariya Hospital

तेसै गरी भलिवल प्रतियोगितामा गुहेश्वरी माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ। घण्टेश्वर माध्यमिक विद्यालय दोस्रो स्थानमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको उपस्थिति सँगै वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट पनि कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा तीन वटै विद्यालयका शिक्षक, विद्यार्थी तथा हाजिरी जवाफ र भलिबल प्रतियोगितामा सहभागी विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगर प्रमुख भट्टले हाजिरी जवाफ प्रतियोगिताका लागि प्रश्नपत्रसहितको फाइल कार्यक्रम सञ्चालन गर्ने शिक्षकलाई हस्तान्तरण गर्दै खेलकुद सामग्री हस्तान्तरण गरेर कार्यक्रमको संचालन भएको थियो । उनले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको समेत बताएका छन । विद्यार्थी लक्षित यस्ता कार्यक्रमहरूले शिक्षा प्रणालीलाई व्यवहारिक बनाउँदै भविष्यका सक्षम नागरिक तयार गर्न सहयोग पुग्ने समेत नगर प्रमुखले बताएका थिए।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले वडाबाट विनियोजित बजेटमार्फत केही दिनअघि मात्रै सिवाई क्लबले वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको उल्लेख गर्दै सोही बजेटको सदुपयोग गर्दै विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप सञ्चालन गरिएको जानकारी दिए। उनले यसले विद्यार्थीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।