सुदूरपश्चिमा सिफारिस गरेका योजना नपरेपछि सत्ता साझेदारभित्रै विवाद, एमाले संशोधनको तयारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट सत्ता साझेदार दलभित्रै विवादमा परेको छ। सरकारमै सहभागी नेकपा (एमाले) ले बजेटमाथि संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। बिहीबार बसेको एमाले संसदीय दलको बैठकले बजेटका विभिन्न पक्षमा छलफल गर्दै संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको स्रोतले जनाएको छ।

CP Hospital Dhangadhi

संशोधन प्रस्तावलाई अन्तिम रूप दिन प्रमुख सचेतक चक्र मल्लको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलले विवादित तथा सुधार आवश्यक योजनाहरूको अध्ययन गरी प्रस्ताव तयार गर्नेछ। बैठकमा प्रदेशसभा सदस्यहरूले बजेट निर्माणमा समन्वयको कमी, जिल्लागत असन्तुलन र आफ्ना योजनाहरू नसमेटिएको भन्दै असन्तुष्टि जनाएका छन्।

Attariya Hospital

सत्ता साझेदार दलभित्रै बजेटप्रति असन्तुष्टि देखिनु अर्थपूर्ण रूपमा हेरिएको छ। आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले मध्यरातमा ३७ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका थिए। बजेट सार्वजनिक भएसँगै सत्तापक्षभित्रै संशोधनको तयारीले राजनीतिक चासो बढाएको छ।

nawajiwan