बैतडीको कोटिला स्वास्थ्यचौकी प्रमुख सुमन लुहारको निधन, पुर्चौंडीमा शोक बिदा

Image
Nisarga Hospital

बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित कोटिला स्वास्थ्यचौकीका प्रमुख सुमन लुहारको निधन भएको छ। फेसबुकमा लामो स्टाटस लेख्दै उनले आत्महत्या गरेको बताइएको छ। स्टाटसमा आफूलाई आत्महत्या गर्न बाध्य पारिएको उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

लुहारमाथि एक अनमीमाथि इट्टा प्रहार गरी घाइते बनाएको आरोपमा मुद्दा चलेको थियो। उनी पक्राउ परी एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। सो मुद्दा टुंगिन नपाउँदै उनले काठमाडौँमा आत्महत्या गरेको आफन्तले बताएका छन्।

Attariya Hospital

उनको निधनपछि पुर्चौंडी नगरपालिकाले शोक बिदा दिएको छ। नगरपालिकाभित्रका सरकारी कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतका सबै सेवा (आकस्मिक बाहेक) बन्द गरिएको छ।

nawajiwan