अत्तरियाको लोटस आई स्कूलको उत्कृष्ठ नतिजा, ५१ जना विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण

Image
Nisarga Hospital
राष्ट्रिय परीक्षा बोर्ड (NEB) द्वारा लिइएको कक्षा १२ को वार्षिक परीक्षामा गोदावरी नगरपालिका वडा नं. २, अत्तरिया मा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ। व्यवस्थापन संकाय तर्फका विद्यार्थीहरूले उच्च जीपीए (GPA) सहित सफलता प्राप्त गरेका हुन्।
CP Hospital Dhangadhi
उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई विद्यालय प्रशासनले बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्यको कामना गरेको छ।
nawajiwan
प्रमुख अङ्क हासिल गर्ने विद्यार्थीहरू:
    • नन्दिता मडै – जीपीए ३.८६ (सर्वोत्कृष्ट)
    • कृष्ण पाण्डे – जीपीए ३.६२
    • निरज विष्ट – जीपीए ३.६२
Attariya Hospital

यसका साथै ३.५१ जीपीए ल्याउने कल्पना कुमारी खड्डायत, ३.५० जीपीए ल्याउने अमृता रुपाली लगायत कुल ५१ जना विद्यार्थीहरूले विभिन्न उच्च श्रेणीमा परीक्षा उत्तीर्ण गरी विद्यालयको गरिमा बढाएका छन्। विद्यालयले सामाजिक सञ्जाल मार्फत सबै उत्तीर्ण विद्यार्थी र अभिभावकहरूमा खुसी व्यक्त गरेको छ।