बैतडीको सुर्नया पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

Image
Nisarga Hospital

बैतडीको सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ। गाउँपालिकाभित्र खोप पाउनुपर्ने उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि शनिबार आयोजित कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

CP Hospital Dhangadhi

स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार गाउँपालिकामा जन्मदेखि १५ महिनासम्मका ३२२, १६ देखि २३ महिनासम्मका १८७ तथा २४ देखि ५९ महिनासम्मका ९०६ जना बालबालिकाले निर्धारित खोप प्राप्त गरेका छन्। सबै लक्षित बालबालिकाले खोप पाएको यकिन भएपछि पूर्ण खोप सुनिश्चित पालिकाको मान्यता प्रदान गरिएको उनले बताए।

Attariya Hospital

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई बिसिजी, डिपीटी, हेपबी-हिब, पिसीभी, पोलियो, रोटा, एफआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर र जेई लगायतका खोपहरू प्रदान गरिँदै आएको छ।

nawajiwan

गाउँपालिकाका सबै ८ वटै वडा यसअघि नै पूर्ण खोप सुनिश्चित घोषणा भइसकेकाले समग्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। यस उपलब्धिले बालबालिकाको स्वास्थ्य सुरक्षा सुदृढ बनाउन तथा खोपबाट रोकथाम गर्न सकिने रोगहरूको नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।