
अत्तरिया : पिएफए स्पोट्र्स क्लब, अत्तरियाद्वारा आयोजना भइरहेको “खुल्ला पुरुष फुटबल मेयर कप–२०८३” प्रतियोगिताको शनिवार दोस्रो दिन पुगेको छ । शनिवार गोदावरी नगरपालिका वडा नं १ र वडा नं २ बिच भएको खेल प्रतिस्पर्धामा वडा नं २ विजयी भएको छ । वडा नं २ ले १ नं वडा लाई १–० गोल हानेर पराजीत गरेको छ ।

खेलमा १ गोल हानेर टीमलाई जिताउन सफल साथै प्लेयर अफ दि म्याच सुनिल एडि भएका थिए । यस्तै प्रतियोगिताको शुक्रवार उद्घाटनको पहिलो खेलमा वडा न ८ ले वडा नं ४ लाई ४–२ अन्तर गोलले पराजीत गरेको थियोे । यस्तै आईतबार बेलुका ३ः३० बजे वडा नं. ५ र ६ बिच प्रतियोगीता हुने भएको छ भने सोही दिन ५ ः ०० बजे वडा नं. ७ र ९ का टोली बीच खेल प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । वडा नं. ३ र १० का टोलीले पहिलो चरणमा ‘बाई’ पाएपछि सिधै अर्को चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताका सबै खेल नकआउट प्रणालीमा सञ्चालन गरीदै आईरहेको साथै खेलहरु वनदेवी खेलमैदान तेघरीमा संञ्चालन भैरहेको छ । प्रतियोगितामा नगरका १२ वडाहरू मध्ये १० वडाका टिमहरूको सहभागिता रहेको छ ।

यस्तै क्लबका महासचिव सिद्ध बोहोराले क्लबले गोदावरी नगरपालिकाका १२ वटै वडाका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मेयर कप फुटबल प्रतियोगिता आयोजना गरीएको जनाकारी दिदै प्रतियोगिताको मुख्य उद्देश्य १२ वटै वडाका खेलाडीहरूलाई समेटेर उनीहरूको खेलकौशलको मूल्याङ्कन गर्नु हो । प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट ६० जना खेलाडीलाई क्लबले दक्ष तथा अनुभवी प्रशिक्षक मार्फत विशेष प्रशिक्षण प्रदान गर्ने साथै स्थानीय तहका खेलाडीहरूको प्रतिभालाई प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतियोगीताको प्रथम पुरस्कार नगद ५० हजार सहीत ट्रफी प्रदान पत्र मेडल वितरण गरिनेछ । भने दृतीय हुने टीमलाई नगद २५ हजार सहीत पुरस्कार ट्रफी प्रदान पत्र मेडल वितरण गरिनेछ । त्यस्तै खेल अवधिभरि सर्वोत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोल रक्षकलाई ५ हजार, उत्कृस्ट उदयमान खेलाडीलाई ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई ५ हजार, उत्कृष्ट स्ट्राइकरलाई ५ हजार, प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई १ हजारले पुरस्कार प्रदान गरिँदै आईरहेको छ । यस्तै प्रतियोगीताको मुख्य प्रायोजक गोदावरी नगरपालिका रहेको छ ।
































