होर्मुज स्ट्रेट पुनः बन्दको घोषणा, इरान–अमेरिका तनाव फेरि चुलियो

Image
Nisarga Hospital

अमेरिकासँग युद्धविराम सहमति गरेको इरानले फेरि होर्मुज स्ट्रेट बन्द गर्ने घोषणा गरेको छ। इरानको युद्ध हेर्ने निकाय आतम अल अम्बिया मुख्यालयले जहाज आवतजावतका लागि रणनीतिक रूपमा महत्वपूर्ण उक्त जलमार्ग पुनः बन्द गर्ने निर्णय गरिएको जनाएको हो।

CP Hospital Dhangadhi

बीबीसीका अनुसार मुख्यालयले हालैको युद्धविराम सम्झौताको सर्तहरू अमेरिका पक्षबाट उल्लंघन भएको आरोप लगाउँदै बन्द गर्ने निर्णय गर्नुपरेको बताएको छ। साथै, इजरायलले दक्षिणी लेबनानमा लगातार आक्रमण गरी क्रूर नरसंहार गरेको आरोप पनि लगाइएको छ।

Attariya Hospital

त्यस्तै, इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने सबै जहाजका लागि मार्ग बन्द गरिएको घोषणा गरेको छ। उसले अमेरिका र इजरायल दुवैले युद्धविराम सम्झौता उल्लंघन गरेको दाबी गरेको छ।

nawajiwan

यता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले होर्मुज स्ट्रेट बन्द भएको दाबीलाई अफवाह भन्दै अस्वीकार गरेका छन्। फक्स न्युजसँग कुरा गर्दै उनले स्ट्रेट पूर्ण रूपमा खुला रहेको र बन्द भएको कुनै प्रमाण नपाइएको स्पष्ट पारेका छन्।