गोदावरी टेम्पो प्रकरणमा स्वामित्व विवाद उजागर, घटनाले लियो नयाँ मोड

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसेको घटनाले नयाँ मोड लिएको छ। क्षतिपूर्ति दाबी गरेकी धनादेवी धामीको नाममा उक्त टेम्पो दर्ता नरहेको खुलेपछि प्रकरण थप पेचिलो बनेको हो।

CP Hospital Dhangadhi

प्राप्त विवरणअनुसार गरिमा विकास बैंकमार्फत फाइनान्स गरिएको उक्त टेम्पो गेटा–५ निवासी कृष्णकुमार थापाको नाममा दर्ता रहेको कागजातबाट पुष्टि भएको छ। तर धामी पक्षले क्षतिपूर्ति दाबी गर्दै अघि बढाए पनि स्वामित्व पुष्टि गर्ने आधिकारिक कागजात पेश गर्न नसकेको स्रोतको दाबी छ।

nawajiwan
Attariya Hospital

मिलापत्रका क्रममा गाडीको कागजात मागिए पनि आवश्यक प्रमाण फेला नपरेको लेखापढी व्यवसायी भोजराज जोशीले बताए। धामी पक्षले पनि स्वामित्व पुष्टि गर्ने कुनै ठोस प्रमाण प्रस्तुत गर्न नसकेको जनाइएको छ।

यसैबीच घटनामा संलग्न भनिएका वन कार्यालयका कर्मचारी हाल प्रहरी हिरासतमा छन्। जिल्ला प्रशासनले प्रहरी उपस्थितिमा वन अतिक्रमण हटाउने कार्य भएको स्पष्ट पारेको छ।

डिभिजन वन कार्यालयले भने बिना पर्याप्त अध्ययन मुद्दा अघि बढाइएकाले कर्मचारीले अनावश्यक दुःख पाएको दाबी गरेको छ। घटनाको सत्यतथ्य र कानुनी आधारबारे थप अनुसन्धान जारी रहेको छ।