बुढीगंगा नदीको मौरे पुल ६ वर्षदेखि अलपत्र, स्थानीय मारमा

Image
Nisarga Hospital

बाजुराको बुढीगंगा नदीमा निर्माण हुने भनिएको ‘मौरे पुल’ ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने उक्त पुल निर्माणको सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न नसकेको स्थानीयले बताएका छन्।

CP Hospital Dhangadhi

महाकाली पुल योजना कार्यालय, महेन्द्रनगर कञ्चनपुरले २२ करोड ६ लाख ५२४ रुपैयाँ लागतमा ११० मिटर लामो दुई स्पानको पीएससी बक्स गर्डर पुल निर्माण गर्ने योजना बनाएको थियो। २०७८ मंसिर १० गते काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँग १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा निर्माण सम्झौता भएको थियो। तर सम्झौताअनुसार २०८१ फागुन १० गतेभित्र सम्पन्न हुनुपर्ने काम हालसम्म सुरु नै नभएको त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले बताएका छन्।

निर्माण कम्पनीले पेश्कीबापत एक करोड रुपैयाँभन्दा बढी रकम लिए पनि काम अघि नबढाएपछि कार्यालयले जमानत रकम जफत गरेको छ। २०८२ असार १९ गते ठेक्का रद्द गरिएको तथा २०८२ माघ ४ गते कम्पनीलाई कालोसूचीमा राखिएको महाकाली पुल योजना कार्यालयले जनाएको छ।

nawajiwan
Attariya Hospital

विवाद सर्वोच्च अदालतसम्म पुगेकाले नयाँ ठेक्का प्रक्रिया अघि बढाउन नसकिएको सूचना अधिकारी इन्जिनियर रवि शाहले बताए। अदालतको अन्तिम फैसला नआएसम्म निर्माण प्रक्रिया रोकिएको छ।

पुल नबन्दा बडिमालिका क्षेत्रको प्रमुख प्रवेशद्वार प्रभावित भएको छ भने वर्षातका चार महिना त्रिवेणी नगरपालिका सडक सञ्जालबाट अलग हुने गरेको छ।