अत्तरिया क्षेत्रमा कम भोल्टेज हैरानले आक्रोसित स्थानीयले अत्तरिया ‘नो लाइट’ शाखा कार्यालय घेराऊ

Image
Nisarga Hospital

अत्तरियाः गोदावरी नगरपालिका–१  अत्तरिया बिजयनगर टोलका स्थानीयले लामो समयदेखिको विद्युत् कम भोल्टेज र अनियमित आपूर्ति समस्या समाधान गर्न माग गर्दै सोमबार नेपाल विद्युत् प्राधिकरण अत्तरिया ‘नो लाइट’ शाखा कार्यालय घेराउ गरेका छन्।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार टोलमा वर्षौंदेखि न्यून भोल्टेजको समस्या रहेकाले घरायसी उपकरण सञ्चालनमा कठिनाइ हुनुका साथै दैनिक जीवन प्रभावित भएको छ।

विशेषगरी गर्मी मौसममा विद्युत् आपूर्ति प्रभावकारी नहुँदा उपभोक्ताले थप सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ।
उनीहरूले हरेक वर्ष दोहोरिने समस्या समाधानका लागि स्थायी व्यवस्थाको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
टोलमा हाल एक फेज मात्र लाइन रहेको र त्यसकै कारण विद्युत् आपूर्ति अस्थिर भएको स्थानीयले बताएका छन्।

nawajiwan
Attariya Hospital

स्थानीयले तीन फेज लाइन विस्तार, पूर्वाधार सुधार र नियमित भोल्टेज सुनिश्चित गर्न माग गरेका छन्, अन्यथा थप आन्दोलन गर्ने चेतावनी दिएका छन्।

नेपाल विद्युत प्राधिकरण अत्तरिया शाखाले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गर्ने तथा लाइन विस्तारको सम्भाव्यता अध्ययन गर्ने जनाएको स्थानीयले बताएका छन् छिट्टै कार्य अघि बढाइने बताइएको छ भएको छ।
स्थानीयले तत्काल सुधार नभए थप आन्दोलन चर्काउने चेतावनी दिएका छन् र विद्युत् आपूर्तिमा दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन्। सम्बन्धित निकायको ध्यानाकर्षण पुनः गराइएको छ बताइएको छ हो।