बेलायती प्रधानमन्त्री किर स्टार्मरको राजीनामा घोषणा : लेबर पार्टी नेतृत्वमा नयाँ दौड सुरु

Image
Nisarga Hospital

बेलायतका प्रधानमन्त्री किर स्टार्मरले लेबर पार्टीको नेतृत्व र प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। सन् २०२४ को आमनिर्वाचनमा भारी बहुमतसहित सत्ता सम्हालेका स्टार्मरले दुई वर्ष नपुग्दै पद छोड्ने निर्णय गरेका हुन्। नीतिगत यू–टर्न, देशभित्र बढ्दो असन्तोष र पार्टीभित्रैबाट आएको तीव्र दबाबका कारण उनले राजीनामा दिने बताएका छन्।

CP Hospital Dhangadhi

लन्डनस्थित प्रधानमन्त्री निवास ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले आफ्नो सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरे। उनले भने, “मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएका थिए। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु।”

Attariya Hospital

उनका अनुसार नयाँ लेबर पार्टी नेता चयनको प्रक्रिया आगामी जुलाईदेखि सुरु हुनेछ। संसद्को ग्रीष्मकालीन बिदा सकिएपछि सेप्टेम्बर १ भित्र नयाँ नेतृत्व चयन गर्ने लक्ष्य राखिएको छ। नयाँ नेता चयन नभएसम्म उनी कामचलाउ (केयरटेकर) प्रधानमन्त्रीका रूपमा रहनेछन्।

nawajiwan

बेलायती सञ्चारमाध्यमहरूका अनुसार हालै उपनिर्वाचन जितेर संसद्‍मा फर्किएका एन्डी बर्नहम नयाँ प्रधानमन्त्रीको दौडमा अग्रस्थानमा देखिएका छन्। ६३ वर्षीय स्टार्मरको कार्यकाल सुरुदेखि नै राजनीतिक उतारचढाव र विवादले भरिएको थियो, जसको अन्त्य अहिले राजीनामासँगै भएको छ।