शुक्लाफाँटामा सुनौलो तोप चराको गणना सुरु, सङ्ख्या घट्दो क्रममा चिन्ता बढ्दै

Image
Nisarga Hospital

नेपाल पन्छी संरक्षण सङ्घले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा यस वर्षको सुनौलो तोप चराको गणना सुरु गरेको छ। मङ्गलबारदेखि सुरु भएको गणना पाँच दिनसम्म सञ्चालन हुनेछ।

CP Hospital Dhangadhi

गणनाका क्रममा बासस्थान, आहारा, सङ्ख्या तथा आनीबानीबारे अध्ययन गरिने चराविज्ञ हिरुलाल डगौराले बताए। सन् २०१४ देखि निरन्तर रूपमा शुक्लाफाँटामा यो गणना हुँदै आएको छ।

Attariya Hospital

आइयुसिएनको रातो सूचीमा सङ्कटापन्न अवस्थामा रहेको सुनौलो तोप चरा नेपालका तराई क्षेत्रका घाँसेमैदानमा मात्र पाइन्छ। प्रजनन अवधि मेदेखि सेप्टेम्बरसम्म रहने यस चराको मुख्य बासस्थान शुक्लाफाँटा हो।

nawajiwan

पछिल्ला वर्षहरूमा यसको सङ्ख्या घट्दो देखिएको छ। सन् २०२२ मा २४८, २०२३ मा २११ र २०२५ मा १८४ वटा फेला परेका थिए। दीर्घकालीन संरक्षणका लागि घाँसेमैदान संरक्षण, अनुगमन र स्थानीय सहभागिता आवश्यक रहेको निकुञ्जले जनाएको छ।