कञ्चनपुरको ‘लालझाडी गाउँपालिका’ मा उत्कृष्ट स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सम्मानित

Image
Nisarga Hospital

कञ्चनपुर: लालझाडी गाउँपालिका ले २०औँ गाउँसभा तथा अधिवेशनको अवसरमा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।

CP Hospital Dhangadhi

गाउँपालिकाले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, सेवाप्रति समर्पण तथा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकनका आधारमा स्वास्थ्य संस्थाहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको हो।

उत्कृष्ट स्वास्थ्य संस्था अन्तर्गत देखतभुली स्वास्थ्य चौकी, लालझाडी–५ प्रथम हुँदै नगद रु. ३,५०० र सम्मानपत्र प्राप्त गर्न सफल भएको छ। त्यसैगरी बाईसीबिचवा स्वास्थ्य चौकी, लालझाडी–१ दोस्रो स्थान हासिल गर्दै नगद रु. २,५०० तथा सम्मानपत्र प्राप्त गरेको छ भने शंकरपुर स्वास्थ्य चौकी, लालझाडी–२ तेस्रो हुँदै नगद रु. १,५०० सहित सम्मानपत्रबाट सम्मानित भएको छ।

यसै अवसरमा गाउँपालिकाभित्र सञ्चालित ९ वटै स्वास्थ्य सेवा केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई पनि सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिए।

nawajiwan
Attariya Hospital

गाउँपालिकाले स्वास्थ्य क्षेत्रको उत्कृष्ट योगदानको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले स्वास्थ्यकर्मीहरूमा थप उत्साह, जिम्मेवारीबोध तथा सेवाप्रतिको समर्पण भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।

“उत्कृष्ट कार्यको सम्मान, गुणस्तरीय स्वास्थ्य सेवातर्फ लालझाडीको प्रतिबद्धता” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमले स्थानीय स्वास्थ्य सेवाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।