विद्यार्थीमाथि कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ, घाइते छात्र उपचारका लागि धनगढी पठाइयो

Image
Nisarga Hospital

बैतडीमा विद्यालयका प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। पुर्चौडी नगरपालिका–९ तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीले कक्षा ८ मा अध्ययनरत विद्यार्थी तेजसिंह भण्डारीमाथि कुटपिट गरेको आरोप लागेको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार कुटपिटपछि विद्यार्थी तेजसिंह गम्भीर घाइते भएका छन्। उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि धनगढी पठाइएको छ। घटनापछि विद्यार्थीका अभिभावक तथा स्थानीयवासीले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

Attariya Hospital

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पाटनले प्रधानाध्यापक भण्डारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको जनाएको छ। कुटपिटको कारण र घटनाको वास्तविक विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

nawajiwan

विद्यालयभित्रै शिक्षकबाट विद्यार्थीमाथि भएको भनिएको दुर्व्यवहारको घटनाले स्थानीयस्तरमा चासो र आक्रोश बढाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।