धनगढीका ६ होटलमा प्रहरी छापा, यौन धन्दामा संलग्न जोडीसहित २४ जना पक्राउ

Image
Nisarga Hospital

कैलाली प्रहरीले धनगढी बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा छापा मारेर २४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार छ होटलमा गरिएको संयुक्त निगरानी तथा कारबाहीका क्रममा ११ महिला र १३ पुरुष पक्राउ परेका हुन्।

CP Hospital Dhangadhi

प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार नियन्त्रणमा लिइएकामध्ये सात जना भारतीय नागरिक पुरुष रहेका छन्। उनीहरूलाई आवश्यक सोधपुछ तथा थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Attariya Hospital

प्रहरीले होटलहरूमा भइरहेको भनिएको अवैध तथा अनैतिक गतिविधिमाथि निगरानी बढाउँदै कारबाही अघि बढाएको जनाएको छ। पछिल्लो समय यस्ता गतिविधिबारे सूचना प्राप्त भएपछि योजनाबद्ध रूपमा छापा अभियान सञ्चालन गरिएको बताइएको छ।

nawajiwan

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।