फायरिङ अभ्यासमा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

Image
Nisarga Hospital

कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका बेला बिहीबार बिहान ग्रिनेड विस्फोट भएको हो। दुर्घटनामा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेकाले उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो करिब १२ बजे उनको मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

Attariya Hospital

घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

nawajiwan

सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट बिहान ९ः१७ बजे फायरिङ अभ्यासका लागि खटिएको टोली अभ्यासमा संलग्न रहेका बेला उक्त दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।