ओलानीमा अंग्रेजी भाषा र लोकसेवा तयारी कक्षा सम्पन्न

Image
Nisarga Hospital

पुष्पा जोशी/ ओलानी ः कैलालीको गोदावरी नगरपालिका–१२ स्थित ओलानीमा युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अंग्रेजी भाषा सिकाइ तथा लोकसेवा तयारी कक्षा कार्यक्रम सम्पन्न भएको छ। गोदावरी नगरपालिका–१२ को आर्थिक सहयोगमा क्वालिटी एजुकेसन एकेडेमी प्रालि द्वारा आयोजित एकमहिने कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा कक्षा १२ को अध्ययन पूरा गरी उच्च शिक्षा, रोजगारी तथा प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहेका युवाहरूलाई लक्षित गरिएको थियो। वडाध्यक्ष भीमबहादुर खड्काले स्थानीय युवालाई लोकसेवा क्षेत्रतर्फ आकर्षित गर्नुका साथै अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुने अंग्रेजी भाषामा दक्ष बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

nawajiwan
Attariya Hospital

तालिमअन्तर्गत लोकसेवा तयारी कक्षाको सहजीकरण महाजित साउँदले गरेका थिए भने अंग्रेजी भाषा प्रशिक्षण भुपेस जोशीले दिएका थिए। कार्यक्रममा ओलानी क्षेत्रका २५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

स्थानीय तहको पहलमा सञ्चालन गरिएको यस्ता कार्यक्रमले युवाहरूको शैक्षिक, भाषिक तथा व्यावसायिक क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सहभागीहरूले पनि कार्यक्रमबाट उपयोगी ज्ञान तथा सीप हासिल गरेको बताएका छन्।