
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा सुदूरपश्चिम भूगोलबाट पाँच जना उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचन परिणामअनुसार हेमराज थापाले २ हजार ३० मत प्राप्त गर्दै सुदूरपश्चिमबाट सर्वाधिक मतसहित विजयी भए। त्यस्तै केपी खनालले १ हजार ८४६, दीपकराज बोहराले १ हजार ४५०, जानिका जोशीले १ हजार १४८ तथा चन्द्रा ऐरले १ हजार १२६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
अन्य उम्मेदवारमध्ये रत्नकुमारी थापाले ९६१, शैलेशकुमार सिंहले ७६३, शिवराज पन्तले ६३७, वीरबहादुर बिष्टले ५५०, हरिमोहन भण्डारीले ५४१, नामराज न्यौपानेले ५२३, ज्ञानेन्द्रसिंह महताले ५१८, मिनबहादुर बोहराले ४८६, उमेशराज पाण्डेयले ४७१, पदमराज शर्माले ४४५, सागर तामाताले ४४२, मदनसिंह बिष्टले ४३९ तथा कृष्णबहादुर बटालाले ४१९ मत प्राप्त गरेका छन्।

महाधिवेशनमार्फत चयन भएका यी पाँच प्रतिनिधिले अब रास्वपाको केन्द्रीय समितिमा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै पार्टीको नीति, संगठन विस्तार र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

































