आज शुक्रबार: लक्ष्मी, सन्तोषी माता र वैभवलक्ष्मीको विशेष पूजा, व्रत बस्ने परम्परा

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीले आज शुक्रबार माता लक्ष्मी, सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी तथा दुर्गा भवानीको विशेष पूजा–आराधना गर्दै व्रत बस्ने परम्परा निर्वाह गर्दैछन्। धर्मशास्त्रअनुसार शुक्रबार श्रद्धापूर्वक व्रत र पूजा गरे आर्थिक समृद्धि, सुख–शान्ति तथा मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

CP Hospital Dhangadhi

यस दिन व्रत बस्नेले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु शुभ मानिन्छ भने अमिलो परिकार खान निषेध गरिएको छ। विभिन्न देवीको व्रत र पूजा गर्ने विधि फरक–फरक भए पनि श्रद्धा र विधिपूर्वक पूजा गर्नुपर्ने मान्यता रहेको छ।

Attariya Hospital

शुक्रबार सेतो वस्त्र धारण गर्ने, घरमा खीर बनाएर गरिब तथा आवश्यकतामा परेकालाई बाँड्ने परम्परा पनि छ। यसो गर्दा घरमा धनधान्य र समृद्धि बढ्ने धार्मिक विश्वास रहेको छ।

nawajiwan

ज्योतिषशास्त्रअनुसार शुक्र ग्रह प्रतिकूल भएकाहरूले शुक्रबार व्रत बस्नुका साथै सेतो वस्तु, चिनी, चन्दन, सुगन्धित सामग्री, रेशमी कपडा तथा अन्य शुभ सामग्री दान गर्दा शुभफल प्राप्त हुने विश्वास गरिन्छ। शुक्र ग्रहसँग सम्बन्धित रत्न दान वा धारण गर्नु पनि लाभदायी मानिएको छ। श्रद्धा, संयम र विधिपूर्वक गरिएको शुक्रबारको पूजा–आराधनाले पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहेको छ।