कैलालीमा आगलागीबाट एक घर पूर्णरूपमा नष्ट

Image
फोटो- AI
Nisarga Hospital

कैलालीको मोहन्याल गाउँपालिका–७ ओखडेकोटमा गएराति भएको आगलागीबाट एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार स्थानीय तुलाराम जैशीको घरमा लागेको आगोले घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन तथा अन्य जिन्सी सामग्री पूर्णरूपमा नष्ट गरेको छ। आगलागीबाट ठूलो परिमाणमा धनमालको क्षति भए पनि मानवीय तथा चौपायातर्फ कुनै क्षति नभएको जनाइएको छ।

Attariya Hospital

आगलागीपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो। घटनापछि क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan

आगलागीको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आगलागीको वास्तविक कारण पत्ता लगाउने प्रयास जारी रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।