सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त सम्पन्न, २ हजार ४८९ विद्यार्थी दीक्षित

Image
Nisarga Hospital

सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय परिसरमा शुक्रबार सम्पन्न भएको छ। समारोहमा शिक्षा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ, कृषि विज्ञान तथा विज्ञान–प्रविधि संकायका स्नातकदेखि पीएचडी तहसम्मका २ हजार ४८९ विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

दीक्षान्तका लागि योग्य धेरै विद्यार्थीमध्ये ७६७ जना मात्र प्रत्यक्ष रूपमा समारोहमा सहभागी भएका थिए। उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई स्वर्ण तथा डिन पदक प्रदान गरिएको छ। व्यवस्थापन संकायका निशान्त चन्दलाई प्रदान गरिने चान्सलर पदक भने अदालतमा परेको रिटका कारण स्थगित गरिएको छ भने भाइस चान्सलर पदकसम्बन्धी प्रक्रिया पनि अगाडि बढाइने विश्वविद्यालयले जनाएको छ।

Attariya Hospital

यस वर्षको समारोहको विशेष आकर्षण डा. तुलसीकुमारी शर्मा रहिन्। उनी सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गर्ने पहिलो महिला बनेकी छन्। विश्वविद्यालयका सहकुलपति तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विश्वविद्यालयले दीक्षान्तलाई विद्यार्थीहरूको शैक्षिक उपलब्धिको उत्सवका रूपमा मनाएको जनाएको छ।

nawajiwan