
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ। शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित उपकुलपति तथा रजिस्ट्रार नियुक्ति सिफारिस समितिले उपकुलपति पदका लागि ३ जना र रजिस्ट्रार पदका लागि ७ जनालाई छनोट गरेको हो।

उपकुलपति पदका लागि प्राध्यापक डा. काजिराम अधिकारी, प्राध्यापक डा. सुनिलकुमार जोशी र प्राध्यापक डा. माधव लम्साल सर्टलिस्टमा परेका छन्। डा. जोशी यसअघि पनि विश्वविद्यालयको उपकुलपति भइसकेका व्यक्ति हुन्।
यस्तै रजिस्ट्रार पदका लागि प्राध्यापक डा. पदमराज जोशी, प्राध्यापक डा. काजिराम अधिकारी, भीमबहादुर चन्द, डा. कादिर आलम, प्राध्यापक डा. दयाराम पोखरेल, राजेशकुमार ठकुराठी र डा. डमरुप्रसाद पनेरु सर्टलिस्टमा समावेश भएका छन्।


सिफारिस समितिका अनुसार सर्टलिस्टमा परेका उम्मेदवारको प्रस्तुतीकरण र अन्तर्वार्तापछि अन्तिम सिफारिस गरिनेछ। विश्वविद्यालय सभाले प्राध्यापक डा. जयराज अवस्थीको संयोजकत्वमा गठन गरेको समितिले नियुक्ति प्रक्रिया अघि बढाइरहेको छ।

































