अपराध नियन्त्रणमा सबै निकायको समन्वय आवश्यक : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय, न्यायपालिका तथा सञ्चार क्षेत्रबीच प्रभावकारी समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्।

CP Hospital Dhangadhi

शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले जनताको जिउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गरे। उनले राज्यका सबै निकाय एकअर्काका परिपूरक भएकाले आपसी सहकार्यबाट मात्रै प्रभावकारी परिणाम हासिल गर्न सकिने बताए।

मुख्यमन्त्री शाहले जनताको सुरक्षालाई केन्द्रमा राखेर काम गरे मात्र नागरिकको विश्वास जित्न सकिने उल्लेख गर्दै सरकार र नेपाल प्रहरीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

nawajiwan
Attariya Hospital

उनले अपराध अनुसन्धानका क्षेत्रमा देखिएका कमजोरी सुधार गर्दै प्रदेशभर एकरूप कार्यशैली विकास गर्न आवश्यक रहेको बताए। साथै, नेपाल प्रहरीको अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी, व्यावसायिक र नतिजामुखी बनाउन स्पष्ट रणनीति तयार गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री शाहले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सबै सरोकारवाला निकायले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए।