सत्यवादी मावि व्यवस्थापन समितिको अध्यक्षमा पत्रकार सिंह निर्वाचित

Image
Nisarga Hospital

बझाङः बझाङ जिल्लाकै सबैभन्दा पुरानो शैक्षिक संस्था सत्यवादी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा पत्रकार सम्राट सिंह निर्वाचित हुनुभएको छ।

CP Hospital Dhangadhi

लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका सिंह नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्षसमेत हुनुहुन्छ। उहाँले जिल्लाका सामाजिक, शैक्षिक, विकास तथा जनसरोकारका विषयलाई निरन्तर उठाउँदै महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।

पत्रकारितामार्फत समाजमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका सिंह विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा चयन भएसँगै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, सुशासन, पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

nawajiwan
Attariya Hospital

निर्वाचनपछि अध्यक्ष सिंहले विद्यालयको समग्र विकास, शैक्षिक सुधार, अनुशासित शैक्षिक वातावरण निर्माण तथा अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीय समुदायसँग सहकार्य गर्दै सत्यवादी माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय शिक्षा सरोकारवालाले पनि उहाँको लामो पत्रकारिता अनुभव, नेतृत्व क्षमता र सामाजिक सक्रियताले विद्यालयको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।