ट्रम्पले सार्वजनिक गरे आफ्नै तस्वीर अंकित ‘प्याट्रियट पासपोर्ट’

Image
Nisarga Hospital

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो तस्वीर अंकित नयाँ राहदानी (पासपोर्ट) को नमुना सार्वजनिक गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उक्त नमुना साझा गर्दै यसलाई अमेरिकी पहिचान झल्काउने ‘प्याट्रियट पासपोर्ट’को रूपमा प्रस्तुत गरेका हुन्।

CP Hospital Dhangadhi

सार्वजनिक गरिएको पासपोर्टमा ट्रम्पको गम्भीर मुद्राको तस्वीर, हस्ताक्षर तथा पृष्ठभूमिमा अमेरिकी स्वतन्त्रताको घोषणापत्रको अंश समावेश गरिएको छ। अर्को पृष्ठमा सन् १७७६ मा स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर भइरहेको ऐतिहासिक दृश्यसँगै ‘युनाइटेड स्टेट्स अफ अमेरिका २५०’ उल्लेख गरिएको छ।

Attariya Hospital

ह्वाइट हाउसले पनि यही नमुना सार्वजनिक गर्दै यसलाई ‘प्याट्रियट पासपोर्ट’ नाम दिएको छ। अमेरिकी विदेश मन्त्रालयले जुलाई ६ देखि विशेष कलात्मक डिजाइनसहितको पासपोर्ट सीमित अवधिका लागि उपलब्ध गराइने जनाएको छ।

nawajiwan

ट्रम्प प्रशासनले सरकारी निकायहरूमा आफ्नो पहिचान झल्काउने विभिन्न पहल गरिरहेको अवस्थामा यो कदमलाई पनि त्यसैको निरन्तरता मानिएको छ। यो पासपोर्ट सार्वजनिक भएसँगै ट्रम्प अमेरिकी इतिहासमा आफ्नै तस्वीर अंकित पासपोर्ट सार्वजनिक गर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका छन्।