लम्कीचुहा अस्पतालमा अवरोध गरेको केपी खनालको आरोप, कांग्रेससँग जवाफ माग

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीको लम्कीचुहा अस्पताल निर्माण तथा सञ्चालनमा नेपाली कांग्रेस नेतृत्वको प्रदेश र स्थानीय सरकारले अवरोध गरेको आरोप लगाएका छन्।

CP Hospital Dhangadhi

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सर्वोच्च अदालतले अस्पताल निर्माणका लागि आदेश दिइसकेको भए पनि प्रदेश र स्थानीय तहमा कांग्रेसको नेतृत्व भएकै कारण काम अघि बढ्न नसकेको जिकिर गरे।

Attariya Hospital

सांसद खनालले अस्पतालका कर्मचारीमाथि स्थानीय सरकारबाट दुर्व्यवहार र गालीगलौज भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहँदा पनि कांग्रेस मौन बसेको भन्दै आपत्ति जनाए। उनले सदनमा सरकारको आलोचना गर्ने कांग्रेसले आफ्नै नेतृत्वका स्थानीय र प्रदेश सरकारका कमजोरीबारे किन नबोलेको भन्दै प्रश्न उठाए।

nawajiwan

खनालले लम्कीचुहा अस्पतालमाथि भएको अन्यायबारे कांग्रेसले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग समेत गरेका छन्।