भेनेजुएला भूकम्प : भग्नावशेषबाट चमत्कारिक उद्धार जारी, परकम्पबीच आशा र आक्रोश दुवै बढ्दै

Image
Nisarga Hospital

भेनेजुएलामा गत बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि उद्धार अभियान अझै जारी छ। सयौँ भवन ध्वस्त हुँदा हजारौँ मानिस बेपत्ता छन्। अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार सप्ताहन्तमा मात्रै भग्नावशेषबाट ३३ जनालाई जीवितै उद्धार गरिएको छ, जसमा दुई जना ११ वर्षीय बालक पनि छन्।

CP Hospital Dhangadhi

तीमध्ये मोइसेस नामका बालकलाई करिब तीन मिटर गहिरो भग्नावशेषबाट छ घण्टाको कठिन प्रयासपछि जीवितै निकालिएको थियो। उनको उद्धारलाई ‘चमत्कार’ मानिएको छ। त्यसपछि काराबालेडा सहरबाट अर्का एक बालक तथा एक बुबा–छोराको पनि सकुशल उद्धार गरिएको छ।

Attariya Hospital

यद्यपि, उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने ७२ घण्टाको समय बितिसकेकाले जीवित भेटिने सम्भावना घट्दै गएको छ। लगातारका परकम्पले उद्धार कार्य थप चुनौतीपूर्ण बनाएको छ भने सरकारको सुस्त उद्धार प्रक्रियाप्रति स्थानीयवासीको असन्तुष्टि बढ्दो छ।

nawajiwan

सबैभन्दा प्रभावित ला गुइरा क्षेत्रमा हजारौँ विस्थापित नागरिक खुला स्थानमा आश्रय लिएर बसेका छन्। संकट व्यवस्थापनका लागि अमेरिका, स्पेन, मेक्सिको, कतार, बेलायतलगायतका देशका उद्धार टोली परिचालन भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार ३९ अन्तर्राष्ट्रिय टोली, करिब दुई हजार विशेषज्ञ, १११ तालिमप्राप्त कुकुर तथा अत्याधुनिक ‘ककरोच ड्रोन’ प्रयोग गरेर भग्नावशेषभित्र जीवनको खोजी जारी राखिएको छ।