युरोपमा तातो लहरको कहर: १,३०० भन्दा बढीको मृत्यु, डब्ल्यूएचओको गम्भीर चेतावनी

Image
Nisarga Hospital

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपमा जारी भीषण तातो लहर (हिटवेभ) का कारण २१ जुनयता १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समार्फत उच्च तापक्रमले जनस्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन्।

CP Hospital Dhangadhi

गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व गर्मीले युरोपका विभिन्न देशको जनजीवन प्रभावित भएको छ। जर्मनी, पोल्यान्ड र चेक गणतन्त्रमा तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् भने भीषण गर्मीको लहर पूर्वी युरोपतर्फ फैलिँदै गएको बीबीसीले जनाएको छ।

Attariya Hospital

टेड्रोसले अत्यधिक गर्मीका कारण हुने शारीरिक तनावलाई ‘मौन हत्यारा’को संज्ञा दिँदै युरोपका घर, विद्यालय र कार्यस्थल यस्ता चरम तापक्रम सामना गर्न पर्याप्त रूपमा तयार नरहेको बताएका छन्। उनका अनुसार युरोप विश्वमा सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो, जहाँ तापक्रम वृद्धि विश्वव्यापी औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको छ।

nawajiwan

यता, फ्रान्सको स्वास्थ्य मन्त्रालयले पनि बुधबारयता अपेक्षाभन्दा करिब १ हजार बढी अतिरिक्त मृत्यु भएको जनाएको छ। तीमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका नागरिक रहेका छन्। साथै, घरमै हुने मृत्युको संख्या करिब ४० प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ।