कैलालीमा बोलेरोको ठक्करबाट १६ वर्षीय साइकलयात्री गम्भीर घाइते, चालक पक्राउ

Image
Nisarga Hospital

कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरो जिपको ठक्करबाट एक किशोर गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ च १३७८ नम्बरको कुखुरा बोकेको बोलेरो जिपले विपरीत दिशाबाट साइकल चलाउँदै आएका घोडाघोडी–५ निवासी करिब १६ वर्षीय सन्दिप चौधरीलाई ठक्कर दिएको हो। दुर्घटनापछि जिप सडकमै पल्टिएको थियो।

CP Hospital Dhangadhi

दुर्घटनामा चौधरीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई प्रारम्भिक उपचारपछि सीएस अस्पताल सुखडबाट थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। उपचारका क्रममा उनका बुवा पहाडी लाल चौधरी पनि अस्पतालमा रहेका छन्।

Attariya Hospital

दुर्घटनापछि फरार भएका बोलेरो चालक कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ निवासी ४५ वर्षीय सर्जन सार्कीलाई प्रहरीले पक्राउ गरेको छ। जिपमा रहेका सहचालक ३१ वर्षीय नरेन्द्र भारती भने सकुशल रहेका छन्। प्रहरीले दुर्घटनामा संलग्न बोलेरो जिप र साइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

nawajiwan