पाकिस्तान–अफगानिस्तान तनाव चुलियो : हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु, दुवै पक्षका दाबी फरक

Image
Nisarga Hospital

पाकिस्तानले आइतबार अफगानिस्तानका सीमावर्ती पक्तिया, पक्तिका र कुनार प्रान्तमा हवाई तथा स्थल सैन्य कारबाही सञ्चालन गर्दा कम्तीमा २८ सर्वसाधारणको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घीय अफगान मिसन (युनामा) का अनुसार घटनामा ४९ जना घाइते भएका छन्, जसमा महिला र बालबालिकासमेत छन्।

CP Hospital Dhangadhi

अफगानिस्तानको तालिबान सरकारले सर्वसाधारणका घरलाई निशाना बनाइएको आरोप लगाउँदै आक्रमणलाई कायरतापूर्ण र अमानवीय कार्यको संज्ञा दिएको छ। तालिबानले मृतकको संख्या ३६ र घाइते १६० भन्दा बढी रहेको दाबी गरेको छ। यद्यपि, यी तथ्याङ्कको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

Attariya Hospital

यता पाकिस्तानले भने लडाकु समूहका अड्डामाथि लक्षित कारबाही गरिएको र २९ जना लडाकु मारिएको जनाएको छ। यो कारबाही कराँचीस्थित सिन्ध रेन्जर्स मुख्यालयमा भएको आत्मघाती हमलापछि गरिएको पाकिस्तानको भनाइ छ।

nawajiwan

गत अक्टोबरमा भएको युद्धविरामपछि केही समय शान्त रहेको सीमा क्षेत्र पछिल्ला महिनामा पुनः तनावग्रस्त बनेको छ। दुवै देशले एकअर्कामाथि सीमापार आतंकवादीलाई संरक्षण दिएको आरोप लगाउँदै आएका छन्। लगातारका हवाई आक्रमण र सीमा भिडन्तले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको विश्लेषण गरिएको छ।