मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार आरोप, १० जनाविरुद्ध मुद्दा

Image
Nisarga Hospital

बझाङको दुर्गाथली गाउँपालिकामा रहेको बाँठपाली देवताको मन्दिर निर्माणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई गाउँपालिकासँग सम्बन्धित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

CP Hospital Dhangadhi

अख्तियारका अनुसार मन्दिर निर्माणका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। योजनाअनुसार उपभोक्ता समितिले करिब ११ लाख ७ हजार रुपैयाँ बराबरको निर्माण कार्य गर्ने र २ लाख २५ हजार रुपैयाँ कन्टिन्जेन्सी शीर्षकमा खर्च हुने उल्लेख भए पनि वास्तविक कामभन्दा २२ लाख १ हजार रुपैयाँ बढी भुक्तानी गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

Attariya Hospital

यस प्रकरणमा छविसपाथिभेरा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रताला, वडा नं. ६ का अध्यक्ष मोहनलाल विक, मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण बुढा, सचिव जयबहादुर बुढा र कोषाध्यक्ष मधुलीदेवी बुढासहित १० जनालाई प्रतिवादी बनाइएको छ।

nawajiwan

अख्तियारले सार्वजनिक रकमको दुरुपयोग गरी सरकारी कोषमा नोक्सानी पुर्‍याएको निष्कर्षसहित बिगो असुल, जरिवाना तथा कानुनबमोजिम सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ। मुद्दाको अन्तिम टुंगो भने अदालतको निर्णयपछि लाग्नेछ।