पत्रकार पुष्पराज जोशी सम्मानित

Image
Nisarga Hospital

चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाका संस्थापक जिल्ला अध्यक्ष पुष्पराज जोशी सम्मानित भएका छन्।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, कैलाली शाखाको समन्वयमा ‘चलचित्र क्षेत्रका विज्ञहरूसँग चलचित्र विकास तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा उनले सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा पत्रकारिताका माध्यमबाट पुगाएको य‍ोगदानको कदर गर्दै सम्मानित गरिएको हो ।

Attariya Hospital

सम्पादक जोशीलाई उक्त कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोसल्लासहित सम्मान पत्रले सम्मानित गरेका हुन् । सम्पादक जोशी विगत २२ वर्षदेखि सुदूरपश्चिमको भाषा, कला, साहित्य र संस्कृतिका साथै वन, वातावरण र सामाजिक विषयमा निरन्तर कलम चलाउने पत्रकार हुन् । सम्पादक जोशीले सम्मानले समाजप्रति अझ बढी दृढ र जिम्मेवारी बोध गराएको बताए । सम्पादक जोशीसँगै पत्रकार भानुभक्त आचार्य र सुदूरपश्चिमको ठाडी भाखाकी कोकिलकण्ठ डिक्रादेवी बादीलाई पनि सम्मानित गरिएको थियो ।

nawajiwan