शुक्लाफाँटामा बढ्यो पर्यटकको आकर्षण, ९ महिनामा ३७ सयभन्दा बढीले गरे भ्रमण

Image
Nisarga Hospital

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो ९ महिनामा ३ हजार ७ सय ६७ जना पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयका अनुसार गत वर्ष असोजदेखि जेठ मसान्तसम्म आन्तरिक तथा विदेशी गरी उक्त संख्यामा पर्यटक निकुञ्ज पुगेका हुन्। कुल पर्यटकमध्ये ३ हजार ३ सय २५ आन्तरिक, ३ सय १६ सार्क मुलुकका र १ सय २६ अन्य विदेशी पर्यटक रहेका छन्। यस अवधिमा १ हजार ४ सय ९६ महिला र २ हजार २ सय ७१ पुरुषले निकुञ्जको अवलोकन गरेका छन्।

CP Hospital Dhangadhi

पर्यटक प्रवेशबाट निकुञ्जले २० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ हजार २ सय ८४ पर्यटकले भ्रमण गरेका थिए, जसको तुलनामा यस वर्ष आगन्तुकको संख्या केही बढेको देखिन्छ।

Attariya Hospital

निकुञ्जमा बाघ, बाह्रसिंगा, गैंडा, कृष्णसारलगायत दुर्लभ वन्यजन्तुको संख्या बढ्दै गए पनि प्रचार–प्रसारको कमी र पर्याप्त भौतिक पूर्वाधार नहुँदा अपेक्षित रूपमा पर्यटक आकर्षित हुन सकेका छैनन्। बाह्रै महिना सञ्चालन हुने सफारी मार्गको अभाव तथा हात्ती सफारी बन्द रहेकाले वर्षायाममा पर्यटन गतिविधि प्रभावित हुने गरेको छ।

nawajiwan

संरक्षण अधिकृत विनय झाका अनुसार सफारी सेवा र नेचर गाइडको संख्या बढे पनि पर्यटक वृद्धि अझै सन्तोषजनक छैन। विशेषगरी भारतीय पर्यटकलाई आकर्षित गर्न सके शुक्लाफाँटाको पर्यटन विकासले थप गति लिन सक्ने उनको विश्वास छ।