कर्णालीको बहावबाटै विद्युत् उत्पादन : मोहन्यालमा १०० किलोवाट परियोजनाको परीक्षण सुरु

Image
Nisarga Hospital

कैलालीको मोहन्याल गाउँपालिका–७ कचालीस्थित कर्णाली नदीमा १०० किलोवाट क्षमताको हाइड्रोकाइनेटिक विद्युत् परियोजनाको परीक्षण सुरु गरिएको छ। मोहन्याल गाउँपालिकाको समन्वयमा बुटवल मेघा हाइड्रोपावर कम्पनीले निर्माण गरेको यो परियोजनाले नदीको प्राकृतिक बहावको उपयोग गरी कुनै बाँध निर्माण नगरी विद्युत् उत्पादन गर्नेछ।

CP Hospital Dhangadhi

हाइड्रोकाइनेटिक प्रविधिबाट नदीको बहावबाटै प्रत्यक्ष ऊर्जा उत्पादन हुने भएकाले यसलाई वातावरणमैत्री, कम लागत र न्यून पूर्वाधार आवश्यक पर्ने आधुनिक वैकल्पिक ऊर्जा प्रविधिका रूपमा लिइएको छ। यस प्रविधिले नदीको प्राकृतिक स्वरूपमा न्यून प्रभाव पार्दै स्वच्छ ऊर्जा उत्पादन गर्न सक्ने विश्वास गरिएको छ।

Attariya Hospital

परीक्षण सफल भएमा दुर्गम तथा विद्युत् पहुँचबाट वञ्चित बस्तीमा भरपर्दो विद्युत् सेवा विस्तार गर्न यस्ता परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय तहले पनि यस परियोजनालाई दिगो ऊर्जा विकास र ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने नमुना योजनाका रूपमा लिएको छ।

nawajiwan