हवाई इन्धन सस्तो भएपछि आन्तरिक उडानको इन्धन सरचार्ज घट्यो, अब काठमाण्डौ- धनगढीको भाडादर ह्वात्तै घट्यो !

Image
Nisarga Hospital

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानतर्फ लाग्ने इन्धन सरचार्ज घटाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि प्राधिकरणले संशोधित सरचार्ज दर निर्धारण गर्दै आजदेखि लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।

CP Hospital Dhangadhi

नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट घटेर २२९ रुपैयाँ कायम भएको छ। यही आधारमा क्यानले नयाँ इन्धन सरचार्ज दर स्वीकृत गरेको जनाएको छ।

प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतका अनुसार संशोधित इन्धन सरचार्ज आजदेखि अनिवार्य रूपमा लागू गर्नुपर्नेछ। नयाँ व्यवस्था कार्यान्वयन नगर्ने वा पुरानै दरमा भाडा असुल्ने वायुसेवा कम्पनीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

nawajiwan
Attariya Hospital

नयाँ दर लागू भएसँगै सुगम तथा दुर्गम दुवै गन्तव्यका आन्तरिक हवाई यात्रुहरूले भाडामा केही राहत पाउने अपेक्षा गरिएको छ। प्राधिकरणले संशोधित सरचार्जसहितको नयाँ भाडादर सार्वजनिक गरेको छ।