बझाङको तलकोट गाउँपालिकाद्वारा २२० सुत्केरी महिलालाई ‘उपाध्यक्ष कोसेली’ वितरण

Image
Nisarga Hospital

रमेश बहादुर सिंह बझाङ: बझाङको तलकोट गाउँपालिकाले सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य र पोषण सुधार गर्ने उद्देश्यले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत २२० जना सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेको छ।

CP Hospital Dhangadhi

गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक लाभग्राहीलाई आधा क्यारेट अण्डा, फलफूल, कोलगेट, साबुनलगायतका आवश्यक सामग्री प्रदान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले जानकारी दिनुभयो।

Attariya Hospital

उहाँका अनुसार सुत्केरी अवस्थामा आमालाई आवश्यक पोषण उपलब्ध गराई आमा र शिशुको स्वास्थ्य अवस्था सुदृढ बनाउने तथा कुपोषण न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

nawajiwan


तलकोट गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता पोषण तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
स्थानीयवासीले गाउँपालिकाले सञ्चालन गरेको ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमले सुत्केरी महिलालाई आवश्यक पोषण सामग्री उपलब्ध गराउन सहयोग पुगेको भन्दै कार्यक्रमको प्रशंसा गरेका छन्।