पनामा नहरमा चीनको प्रभावबारे ट्रम्पको चेतावनी: ‘नियन्त्रण हस्तान्तरण अमेरिकाको ठूलो भूल’

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरको पूर्ण नियन्त्रण पनामालाई हस्तान्तरण गर्नु अमेरिकाको ठूलो रणनीतिक भूल भएको बताएका छन्। चीनले उक्त जलमार्गमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको आरोप लगाउँदै उनले अमेरिकाले यस्तो प्रयास कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

नर्थ डकोटामा आयोजित थियोडोर रुजवेल्ट प्रेसिडेन्सियल लाइब्रेरीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ट्रम्पले पनामा नहर, चीनको बढ्दो प्रभाव, जन्मसिद्ध नागरिकता तथा राष्ट्रपतिको संवैधानिक अधिकारबारे आफ्ना धारणा सार्वजनिक गरेका हुन्। उनका अनुसार नहरको नियन्त्रण हस्तान्तरणपछि जहाजबाट असुलिने ‘ट्रान्जिट’ शुल्क उल्लेखनीय रूपमा बढेको छ, जसबाट पनामाले ठूलो आर्थिक लाभ उठाइरहेको छ।

एटलान्टिक र प्रशान्त महासागरलाई जोड्ने पनामा नहर विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। यसले जहाजको यात्रा छोट्याउँदै समय, इन्धन र ढुवानी लागतमा उल्लेखनीय बचत गराउँछ। हाल नहरका दुवै छेउका दुई प्रमुख बन्दरगाह चीनसँग सम्बन्धित कम्पनीहरूले सञ्चालन गरिरहेका छन्। अमेरिकी नीति निर्माता र सुरक्षा विश्लेषकहरूले यसलाई चीनको बढ्दो रणनीतिक प्रभावको संकेतका रूपमा व्याख्या गर्दै आएका छन्, यद्यपि चीनले यस्तो आरोप अस्वीकार गर्दै आएको छ। सन् १९१४ मा सञ्चालनमा आएको पनामा नहरको पूर्ण नियन्त्रण सन् १९९९ मा अमेरिकाबाट पनामालाई हस्तान्तरण गरिएको थियो।