व्यवसायजन्य सुरक्षा अभ्यासमा उत्कृष्ट बन्दै धनगढीको नवजीवन अस्पताल सम्मानित

Image
Nisarga Hospital

कैलालीको धनगढीमा रहेको नवजीवन अस्पताल व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भएको छ।

CP Hospital Dhangadhi

युवा, श्रम तथा रोजगार मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशभित्र उत्कृष्ट व्यवस्थापन र प्रभावकारी अभ्यास गरेको मूल्यांकनका आधारमा अस्पताललाई सम्मान प्रदान गरेको हो।

Attariya Hospital

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्र खठायतलाई सम्मान–पत्र हस्तान्तरण गरे।

nawajiwan

मन्त्रालयले सुरक्षित, स्वस्थ र जिम्मेवार कार्यस्थल निर्माणमा अस्पतालले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरेको जनाएको छ।