रुसको भीषण आक्रमणले कीभ थर्रियो, मृत्यु हुने २७ पुग्दा उद्धार कार्य जारी

Image
Nisarga Hospital

रुसले युक्रेनको राजधानी कीभमा गरेको यो वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमणमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ९१ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार बिहीबार राति सयौं ड्रोन र दर्जनौं मिसाइल प्रहार हुँदा राजधानीका करिब १३० भवनमा क्षति पुगेको छ। हजारौं नागरिकले रातभर बंकर र भूमिगत मेट्रो स्टेशनमा आश्रय लिनुपरेको थियो।

CP Hospital Dhangadhi

युक्रेनका सैन्य अधिकारीहरूका अनुसार रुसले एकै रात ४९६ ड्रोन र ७४ मिसाइल प्रहार गरेको थियो। उद्धार टोली अझै भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजीमा रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। आक्रमणमा आवासीय भवन, स्वास्थ्य सेवा, मानवीय सहायता गोदाम तथा वैज्ञानिक प्रयोगशालासमेत ध्वस्त भएका छन्।

राष्ट्रपति भोलोदिमिर जेलिन्स्की आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। उनले सहयोगी राष्ट्रहरूले वाचा गरेअनुसार हवाई सुरक्षा प्रणाली समयमै उपलब्ध नगराएकै कारण ठूलो क्षति भएको आरोप लगाएका छन्। आगामी नेटो शिखर सम्मेलनमा हवाई सुरक्षालाई प्रमुख एजेन्डा बनाइने उनले बताएका छन्।

nawajiwan
Attariya Hospital

उता रुसले भने सैनिक, ऊर्जा र विमानस्थलका संरचनालाई लक्षित गरी उच्च–सटीकता हतियारबाट आक्रमण गरिएको दाबी गरेको छ। मस्कोले यसलाई युक्रेनले हालै गरेका ड्रोन आक्रमणको प्रतिकार भनेको छ।

आक्रमणपछि कीभमा शोक दिवस घोषणा गरिएको छ। संयुक्त राष्ट्रसंघ र युरोपेली संघले घटनाको निन्दा गर्दै सर्वसाधारणमाथिको आक्रमण तत्काल रोक्न र रुसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता औंल्याएका छन्।