लगातारको वर्षाले बैतडीमा विद्यालय भवन भत्कियो, पठनपाठन प्रभावित हुने चिन्ता

Image
Nisarga Hospital

लगातारको वर्षाका कारण बैतडीको पाटन नगरपालिका–६ स्थित कृष्ण माध्यमिक विद्यालयको दुई तले भवन पूर्ण रूपमा भत्किएको छ। शुक्रबार बिहान करिब ९ः४५ बजे चारकोठे भवन भत्किएको विद्यालय प्रशासनले जनाएको छ।

CP Hospital Dhangadhi

विद्यालयका प्रधानाध्यापक वीरेन्द्र केसीका अनुसार १६ असारदेखि निरन्तर परेको वर्षाले भवन कमजोर बनेपछि एक्कासी भत्किएको हो। घटना हुँदा भवनभित्र कोही नभएकाले मानवीय क्षति हुन पाएन।

Attariya Hospital

भवन भत्किएपछि विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ भने नियमित पठनपाठन सञ्चालनमा समेत समस्या उत्पन्न हुने देखिएको विद्यालयले जनाएको छ। भवनमा रहेका कक्षाकोठा प्रयोग गर्न नसकिने भएपछि वैकल्पिक व्यवस्थापनको तयारीसमेत थालिएको छ।

nawajiwan

विद्यालय प्रशासनले क्षतिको विस्तृत मूल्यांकन गरी भवन पुनर्निर्माणका लागि सम्बन्धित निकायसँग आवश्यक सहयोगको माग गरेको छ। निरन्तरको वर्षाका कारण पुराना तथा कमजोर संरचनामा थप जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन पनि विद्यालयले आग्रह गरेको छ। स्थानीय तह र सम्बन्धित निकायबाट शीघ्र पुनर्निर्माणका लागि पहल हुने अपेक्षा गरिएको छ।