इरानमा खामेनीको अन्त्येष्टिमा २ करोडसम्म सहभागी हुन सक्ने अनुमान

Image
Nisarga Hospital

इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको अन्त्येष्टि समारोहमा २ करोडसम्म मानिस सहभागी हुन सक्ने अनुमान इरानी अधिकारीहरूले गरेका छन्। तेहरानमा जुलाई ४ र ५ मा दुई दिने सार्वजनिक श्रद्धाञ्जली तथा अन्त्येष्टि कार्यक्रम आयोजना गरिएको छ।

CP Hospital Dhangadhi

इरानी सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)का अनुसार खामेनीको पार्थिव शरीरलाई सार्वजनिक श्रद्धाञ्जलीका लागि तेहरान लगिएको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले यस समारोहलाई इरानको इतिहासकै सबैभन्दा ठूलो सार्वजनिक जमघटमध्ये एक हुने अपेक्षा गरेको छ। प्रारम्भिक अनुमान १ करोड २० लाखदेखि १ करोड ५० लाखसम्मको रहे पनि केही मूल्यांकनले सहभागी संख्या २ करोडसम्म पुग्न सक्ने जनाएको छ।

प्रेस टिभीका अनुसार इमाम खोमेनी ग्रान्ड प्रेयर ग्राउन्डमा श्रद्धाञ्जली कार्यक्रमपछि राजधानीका प्रमुख मार्ग हुँदै शवयात्रा निकालिनेछ। सम्भावित विशाल भीडलाई व्यवस्थापन गर्न मेट्रो, बस सेवा, स्वास्थ्य सेवा, सुरक्षा संयन्त्र तथा अन्य सरकारी निकाय पूर्ण रूपमा परिचालन गरिएको छ। सहभागीका लागि खानेपानी, भोजन र स्वास्थ्य सेवाको व्यवस्था गरिएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानका विदेशमन्त्री अब्बास अराघचीसँग टेलिफोन संवाद गर्दै समवेदना व्यक्त गरेका छन्। भारतले पनि आफ्ना प्रतिनिधिलाई अन्त्येष्टि समारोहमा पठाउने जनाएको छ।

यता, सुरक्षा जोखिमका कारण नयाँ सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक रूपमा समारोहमा सहभागी नहुने बताइएको छ। मृत्युको कारण, नेतृत्व परिवर्तन र सहभागी संख्यासम्बन्धी विवरण इरानी सरकारी स्रोतमा आधारित रहेकाले ती दाबी स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छन्।