आर्थिक वर्षको अन्तिम चरणमा पुर्चौंडी नगरपालिकाका कार्यालय आइतबार पनि खुला

Image
Nisarga Hospital

बैतडीः पुर्चौंडी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणका वित्तीय तथा प्रशासनिक काम समयमै सम्पन्न गर्न असार २१ गते आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाले जारी गरेको सूचनाअनुसार योजना तथा कार्यक्रमको भुक्तानी, लेखा व्यवस्थापन तथा अन्य अत्यावश्यक वित्तीय कार्य सम्पन्न गर्नुपर्ने भएकाले उक्त दिन सार्वजनिक बिदा नदिइने भएको हो।

Attariya Hospital

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीका अनुसार असार २१ गते आइतबार नगरपालिका कार्यालयसँगै सबै वडा कार्यालयहरू पनि नियमित कार्यालय समयअनुसार सञ्चालन हुनेछन्। सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गर्नुका साथै आर्थिक वर्षका बाँकी काम समयमै सम्पन्न गर्ने उद्देश्यले यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

nawajiwan

नगरपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई नियमित कार्यालय समयमै उपस्थित भई सेवा लिन र आवश्यक काम सम्पन्न गर्न अनुरोध गरेको छ।