बडीमालिका–१ र ७ छाउपडी गोठमुक्त वडा घोषणा

Image
Nisarga Hospital

बाजुराः बडीमालिका नगरपालिकाका वडा नम्बर १ र ७ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ। नगर उपप्रमुख नन्दा थापाले आयोजित कार्यक्रममा आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि ती वडालाई औपचारिक रूपमा छाउपडी गोठमुक्त घोषणा गरेकी हुन्।

CP Hospital Dhangadhi

नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाका अनुसार छाउपडी गोठमुक्त घोषणा गर्न वडाले तोकिएका सबै मापदण्ड पूरा गरेका छन्। महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको ‘महिलासँग उपप्रमुख’ कार्यक्रमअन्तर्गत वडामा रहेका छाउगोठको अनुगमन, स्थानीय समुदायमा जनचेतनामूलक अभिमुखीकरण तथा छाउपडी प्रथा अन्त्यका लागि विभिन्न अभियान सञ्चालन गरिएको थियो।

Attariya Hospital

वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाका अनुसार महिनावारी भएका महिलालाई घरमै सुरक्षित र सम्मानजनक वातावरणमा बस्ने सुनिश्चितता भएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको हो।

nawajiwan

नगरपालिकाले छाउपडीजस्तो हानिकारक सामाजिक कुप्रथाको अन्त्य गर्दै महिलाको सम्मान, सुरक्षा र स्वास्थ्य अधिकार सुनिश्चित गर्न अभियानलाई अन्य वडामा समेत विस्तार गर्ने जनाएको छ।