
अछाममा चट्याङ लागेर आठ जना घाइते भएका छन्। पञ्चदेवल विनायक नगरपालिका–८ गनिउलेमा शुक्रबार साँझ परेको चट्याङबाट चार जना गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार जैसरा मिजार, कर्ण मिजार, शेरे मिजार र मना कसेरा मिजारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसै घटनामा अन्य चार जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेकाले घरमै उपचार भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षासँगै चट्याङ पर्ने क्रम बढेकाले खुला स्थानमा नबस्न र आवश्यक सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।































